शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा गाडी बेपत्ता घटना : ५ जनाको पहिचान खुल्यो

शुक्रबार, १९ असार २०८३, २३ : ३९
शुक्रबार, १९ असार २०८३

सारांश

  • दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ।
  • जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।
  • घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन् र आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ।

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरा क्षेत्रमा कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडीमा चालकसहित पाँच जना सवार रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो।

प्रहरीले घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको जनाएको छ।

घटनामा मृत्यु भएका जेखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन्। आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको संयुक्त टोलीले घटनालगत्तै खोज तथा उद्धार सुरु गरेको थियो। कर्णाली नदीको बहावलाई ध्यानमा राख्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत समन्वयात्मक रूपमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा थप यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी अनुसन्धान तथा यथार्थ विवरण सङ्कलन भइरहेको छ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप