राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ३१ वैशाख २०८३, ०७ : ३१
सारांश
- राष्ट्रियसभाको बैठक आज बिहान सवा ११ बजे बस्नेछ।
- बैठकमा प्रधानमन्त्रीले आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन्।
- यसका साथै, नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव निर्णयार्थ पेस गरिनेछ र अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । बिहान सवा ११ बजेका लागि बैठक बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष २०८३–०८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रममा माथि पेस भएका संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको कार्यसूचीमा उल्लेख छ ।
अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताववाहेक) छलफलका लागि बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण