फेड अध्यक्षमा केभिन वार्शको नाम अनुमोदन
सारांश
- अमेरिकी सिनेटले केभिन वार्शलाई अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को १७औँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ ।
- सिनेटमा भएको मतदानमा वार्शको पक्षमा ५४ विपक्षमा ४५ मत खसेको थियो, जुन अमेरिकी इतिहासमै फेड अध्यक्षका लागि भएको सबैभन्दा बढी दलगत विभाजनयुक्त मतदान मानिएको छ ।
- इरान युद्धका कारण इन्धनको भाउमा भएको वृद्धिले ब्याजदर कटौतीको आशालाई जटिल बनाइरहेको छ, जसले लगानीकर्ताहरूले फेडले ब्याजदर अपरिवर्तित राख्ने वा बढाउने अपेक्षा गरिरहेका छन् ।
वासिङ्टन डीसी । अमेरिकी सिनेटले केभिन वार्शलाई अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को १७औँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ । बुधबार सिनेटले सङ्कुचित मतान्तरले फेड अध्यक्षमा उनको नाम पारित गरेको हो । उनले अब जेरोम पावेलको ठाउँमा फेडको कार्यभार सम्हाल्नेछन् । पावेलको आठ वर्षे कार्यकाल आर्थिक संकट र ह्वाइट हाउससँगको तीव्र टकराबबिच बितेको थियो ।
सिनेटमा भएको मतदानमा वार्शको पक्षमा ५४ विपक्षमा ४५ मत खसेको थियो मतदान प्रायः दलगत रूपमा विभाजित रह्यो, जहाँ केवल पेन्सिलभेनियाका डेमोक्र्याट सिनेटर जोन फेटरम्यानले रिपब्लिकन पक्षमा उभिँदै वार्शको समर्थन गरेका थिए । यो अमेरिकी इतिहासमै फेड अध्यक्षका लागि भएको सबैभन्दा बढी दलगत विभाजनयुक्त मतदान मानिएको छ ।
वार्श राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिक मानिन्छन् । ट्रम्पले लामो समयदेखि ब्याजदर कटौतीको माग गर्दै आएका छन् । तर वार्शले पद सम्हाल्ने समयमै अमेरिका–इजरायल र इरानबिचको तनावका कारण मुद्रास्फीति चर्किँदै गएको छ । हालै सार्वजनिक गरिएको उपभोक्ता मूल्य सूचकांक (सीपीआई)अनुसार अप्रिलमा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ, जसले मजदुरी वृद्धिदरलाई समेत उछिनेको छ ।
इरान युद्धका कारण इन्धनको भाउमा भएको वृद्धिले द्रुत गतिमा ब्याजदर कटौतीको आशालाई जटिल बनाइरहेको छ । लगानीकर्ताहरूले अब फेडले बाँकी वर्षको लागि आफ्नो बेन्चमार्क ऋण दर अपरिवर्तित राख्ने वा मुद्रास्फीति बढेमा दरहरू पनि बढाउने अपेक्षा गरिरहेका छन् । यसले ट्रम्पलाई निराश पार्ने सम्भावना छ ।
यस्तो भएमा पावेललाई जस्तै वार्शमाथि पनि ट्रम्पले आफ्नो रिस पोख्न सक्छन् । ट्रम्पले यो वर्षको सुरुमा फेड अध्यक्ष भएपछि वार्शले ब्याजदर घटाएनन भने वार्शमाथि मुद्दा हाल्ने भन्दै ठट्टा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण