चीनका राष्ट्रपति सीद्वारा अमेरिका–चीन सम्बन्धकाे प्रशंसा
सारांश
- चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशबिचको सम्बन्ध रचनात्मक रणनीतिक स्थायित्वमा आधारित नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका छन् ।
- दुवै नेताले आगामी तीन वर्ष र त्यसपछिका लागि द्विपक्षीय सम्बन्धको नयाँ दिशा रचनात्मक रणनीतिक स्थिर सम्बन्ध बनाउने सहमति गरेका छन् ।
- विश्लेषकहरूका अनुसार यसले पछिल्ला वर्षहरूमा तनावपूर्ण बनेको अमेरिका–चीन सम्बन्धलाई बढी व्यवस्थित, अनुमानयोग्य र नियन्त्रणमा राखिएको प्रतिस्पर्धा तथा सहकार्यतर्फ मोड्ने प्रयास सङ्केत गर्छ ।
बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिका चीन सबन्धको नयाँ युगको प्रशंसा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका क्रममा भएको ऐतिहासिक वार्ताका क्रममा सिले दुई देशबिचको सम्बन्ध रचनात्मक रणनीतिक स्थायित्वमा आधारित नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दुवै नेताले आगामी तीन वर्ष र त्यसपछिका लागि द्विपक्षीय सम्बन्धको नयाँ दिशा रचनात्मक रणनीतिक स्थिर सम्बन्ध बनाउने सहमति गरेका छन् ।
यो शब्दावली पहिलो पटक औपचारिक रूपमा प्रयोग गरिएको मानिन्छ । विश्लेषकहरूका अनुसार यसले पछिल्ला वर्षहरूमा तनावपूर्ण र अनिश्चित बनेको अमेरिका–चीन सम्बन्धलाई बढी व्यवस्थित, अनुमानयोग्य र नियन्त्रणमा राखिएको प्रतिस्पर्धा तथा सहकार्यतर्फ मोड्ने प्रयास सङ्केत गर्छ ।
सीले भने, ‘रचनात्मक रणनीतिक स्थायित्व भनेको मुख्य रूपमा सहकार्यमा आधारित सकारात्मक स्थायित्व हुनुपर्छ, नियमभित्रको प्रतिस्पर्धासहितको एउटा सौम्य स्थायित्व हो, व्यवस्थापन गर्न सकिने मतभेदसहितको सामान्य स्थायित्व हो र अनुमान गर्न सकिने शान्तिसहितको दीर्घकालीन स्थायित्व हो ।’
उनले थपे, ‘यो केवल नारा मात्र होइन । दुवै पक्ष एउटै लक्ष्यतर्फ अघि बढ्ने व्यवहारिक कदम हुनुपर्छ ।’ बिहीबार ट्रम्पले बेइजिङमा सिलाई भेटेका थिए । बुधबार दक्षिण कोरियामा दुई नेताका प्रतिनिधिले एक अर्कासँग छलफल गरेपछि बिहीबार यो भेट भएको हो ।
हालसम्म अमेरिकी पक्षले उक्त बैठकबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर यो वार्तालाई व्यापार, प्रविधि, सुरक्षा, ताइवान मुद्दा तथा मध्यपूर्व तनावजस्ता विषयमा बढ्दो प्रतिस्पर्धाबिच सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण