विपक्षीले संसदमा उठाए कर्मचारीको तलब बढाउनुपर्ने माग
बिहीबार, ३१ वैशाख २०८३, १३ : २४
सारांश
- प्रतिपक्षी नेकपा एमालेले तीन वर्षमा बढ्नुपर्ने कर्मचारीहरूको तलब चार वर्षसम्म नबढेको भन्दै वृद्धि गर्न माग गरेको छ ।
- एमाले सांसद पुष्पराज कँडेलले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने विषय नीति तथा कार्यक्रममा नसमेटिएकोमा दुःख व्यक्त गरे ।
- कँडेलले नीति तथा कार्यक्रममा १६औँ पञ्चवर्षीय योजना, राष्ट्रिय गौरवका आयोजना, दिगो विकास लक्ष्य र सङ्घीयता सबलीकरण जस्ता विषय नआएको भन्दै आलोचना गरे ।
काठमाडौँ । प्रतिपक्षी नेकपा एमालेले कर्मचारीहरूको तलब भत्ता वृद्धि गर्न माग गरेको छ । तीन तीन वर्षमा बढाउनुपर्ने तलब चार वर्षमा नबढेको भन्दै तलब भत्ता बढाउन माग गरेको हो ।
सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा संशोधन प्रस्तावमाथि छलफल गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका एमाले सांसद पुष्पराज कँडेलले सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा नीति तथा कार्यक्रममा नआउनु दुःखद भएको बताए ।
कँडेलले नीति तथा कार्यक्रमले १६औँ पञ्चवर्षीय योजनाको विषय नीति तथा कार्यक्रममा उल्लेख नै नभएको, दुईवटा बाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा विषय उल्लेख नभएको, दिगो विकास लक्ष्य र विकासशील राष्ट्रमा स्तरोन्नतिको विषय नआएको तथा सङ्घीयता सबलीकरणको विषय नआएको भन्दै आलोचना समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण