सीले भनेको रचनात्मक, रणनीतिक र स्थिर सम्बन्धको अर्थ के हो ?
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर बनाउन चाहेको बताएका छन् ।
- विज्ञहरूका अनुसार यस अभिव्यक्तिले अमेरिका र चीन बिचको सम्बन्ध सहज नभए पनि त्यसलाई नियन्त्रणबाहिर जान नदिने बेइजिङको सोचलाई जनाउँछ ।
- यद्यपि, केही विशेषज्ञले यसलाई 'सस्तो राजनीतिक भाषण' भन्दै सम्झौता र सहमति स्पष्ट नभएसम्म यसको खास अर्थ नहुने बताएका छन् ।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धलाई रचनात्मक, रणनीतिक र स्थिर सम्बन्ध बनाउन चाहेको बताएका छन् । चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।
राष्ट्रपति सीले भन्न खोजेको कुरा के हो ? चिनियाँ विज्ञहरूका अनुसार यस अभिव्यक्तिले अमेरिका र चीन बिचको सम्बन्ध सहज नभए पनि त्यसलाई नियन्त्रणबाहिर जान नदिने बेइजिङको सोचलाई जनाउँछ ।
‘अमेरिका चीनको साझेदार होइन, न त सहयोगी हो, यसको अर्थ हामी उसलाई शत्रु बनाउन चाहन्छौँ भन्ने पनि होइन, न त यसका कारण हामी उसँग युद्ध, टकराब नै चाहन्छौँ,’ बेइजिङस्थित सिङ्घुआ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक दा वेईले भने । चीन युद्ध वा विभाजनमा परिणत हुनबाट जोगिन चाहन्छ र अमेरिकासँग सम्बन्ध निर्माण गर्न स्थिर आधार चाहन्छ भन्न खोजेको वेईले बताए ।
तर चीनका रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ शिन यिन्हले सिको अभिव्यक्ति ‘सस्तो राजनीतिक भाषण’ मात्र हुनसक्ने बताए । दुवै पक्षले के–कस्ता सम्झौता र सहमति गर्ने तथा सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने स्पष्ट नभएसम्म यस्तो अभिव्यक्ति ‘सस्तो राजनीतिक भाषण’ मात्र हुनेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण