मासिक राशिफल
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको महिनाभरकाे राशिफल
शुक्रबार, ०१ जेठ २०८३, ०१ : ३०
सारांश
- मेष राशिका लागि धन भावमा सूर्यको प्रभावले धन सम्पत्ति फस्न सक्छ, टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले सताउन सक्छ ।
- वृष राशिका लागि यो महिना उत्तम छ, होटल, रिसोर्ट, शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ ।
- मिथुन राशिका लागि खर्च भावमा सूर्यको प्रभावले पितासँग मतभेद बढ्नेछ, बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आउन सक्छ ।
२०८३ जेठ महिनाको राशिफल ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध १५ गतेसम्म धन भावमा, १६ गतेबाट पराक्रम भावमा । शुक्र २४ गतेसम्म धन भावमा र २५ गतेबाट पराक्रम भावमा । बृहस्पति १८ गतेसम्म पराक्रम भावमा र १९ गतेबाट सुख भावमा । शनि खर्च भावमा । मङ्गल राशिमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्न सक्छ ध्यान दिनुहोला । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि शुक्र, बुध, मङ्गल र बृहस्पतिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिश, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । सुरक्षा तथा अनुसन्धानको क्षेत्रमा नोकरी पाइने तथा बढुवा हुने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
- वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध १५ गतेसम्म राशिमा, १६ गतेबाट धन भावमा । शुक्र २४ गतेसम्म राशिमा र २५ गतेबाट धन भावमा । बृहस्पति १८ गतेसम्म धन भावमा र १९ गतेबाट पराक्रम भावमा । शनि लाभ भावमा । मङ्गल खर्च भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना वृष राशि हुनेहरूका लागी समय उत्तम रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आम्दानी बढाउन सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । लाभ भावमा शनिको गोचर र बुध, शुक्र र बृहस्पतिको अनुकूलताले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । तर पनि खर्च भावमा मङ्गलको प्रतिकुल प्रभावले दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । काममा अल्झन तथा ढिलासुस्तीको योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध १५ गतेसम्म खर्च भावमा, १६ गतेबाट राशिमा । शुक्र २४ गतेसम्म खर्च भावमा र २५ गतेबाट राशिमा भावमा । बृहस्पति १८ गतेसम्म राशिमा र १९ गतेबाट धन भावमा । शनि राज्य भावमा । मङ्गल लाभ भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले पितासँग केही मतभेद बढ्नेछ । बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । तर पनि अन्य ग्रहको अनुकूल प्रभावले भाग्यले साथ दिने हुनाले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । बृहस्पतिको अनुकूल प्रभावका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लाभ भावमा शनिको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ ।
- कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध १५ गतेसम्म लाभ भावमा, १६ गतेबाट खर्च भावमा । शुक्र २४ गतेसम्म लाभ भावमा र २५ गतेबाट खर्च भावमा । बृहस्पति १८ गतेसम्म खर्च भावमा र १९ गतेबाट राशिमा । शनि भाग्य भावमा । मङ्गल राज्य भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना कर्कट राशि हुनेहरूका समय उत्तम रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा शुक्रको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । भाग्य भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ । खर्च भावमा बृहस्पतिको गोचरले शुभ कार्यमा खर्च हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्म प्राप्ति वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य राज्य भावमा । बुध १५ गतेसम्म राज्य भावमा, १६ गतेबाट लाभ भावमा । शुक्र २४ गतेसम्म राज्य भावमा र २५ गतेबाट लाभ भावमा । बृहस्पति १८ गतेसम्म लाभ भावमा र १९ गतेबाट खर्च भावमा । शनि कष्ट भावमा । मङ्गल भाग्य भावमा गोचर गरिरहेका छन् । सिंह राशि हुनेहरूका लागी महिनाभर नै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुपर्नेछ । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । भाग्य भावमा मङ्गलको गोचरको कारण धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ । तर पनि सूर्य, बुध, शुक्र तथा बृहस्पतिको अनुकूलताले सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध १५ गतेसम्म भाग्य भावमा, १६ गतेबाट राज्य भावमा । शुक्र २४ गतेसम्म भाग्य भावमा र २५ गतेबाट राज्य भावमा । बृहस्पति १८ गतेसम्म राज्य भावमा र १९ गतेबाट लाभ भावमा । शनि व्यापार भावमा । मङ्गल कष्ट भावमा गोचर गरिरहेका छन् । कन्या राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । कष्ट भावमा मङ्गलको गोचरले शरीरमा घाउ, चोटपटक तथा यात्रा गर्दा ध्यान नदिए दुर्घटनाको योग पनि रहेको छ । बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध १५ गतेसम्म कष्ट भावमा, १६ गतेबाट भाग्य भावमा । शुक्र २४ गतेसम्म कष्ट भावमा र २५ गतेबाट भाग्य भावमा । बृहस्पति १८ गतेसम्म भाग्य भावमा र १९ गतेबाट राज्य भावमा । शनि प्रतिस्पर्धा भावमा । मङ्गल व्यापार भावमा गोचर गरिरहेका छन् । तुला राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । व्यापार भावमा शनिको गोचरले दाम्पत्य जीवनमा केही उतार आउने तथा मङ्गलको प्रतिकुल गोचरका कारण कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर पनि बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध १५ गतेसम्म व्यापार भावमा, १६ गतेबाट कष्ट भावमा । शुक्र २४ गतेसम्म व्यापार भावमा र २५ गतेबाट कष्ट भावमा । बृहस्पति १८ गतेसम्म कष्ट भावमा र १९ गतेबाट भाग्य भावमा । शनि सन्तान भावमा । मङ्गल प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । यो महिना बुध, शुक्र, मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ ।तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । सन्तान भावमा शनिको गोचरको कारणले सन्तानसँग मतभेद बढ्ने योग रहेको छ । राहु र केतुको प्रभावले अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध १५ गतेसम्म प्रतिस्पर्धा भावमा, १६ गतेबाट व्यापार भावमा । शुक्र २४ गतेसम्म प्रतिस्पर्धा भावमा र २५ गतेबाट व्यापार भावमा । बृहस्पति १८ गतेसम्म व्यापार भावमा र १९ गतेबाट कष्ट भावमा । शनि सुख भावमा । मङ्गल सन्तान भावमा गोचर गरिरहेका छन् । धनु राशि भएका व्यक्तिहरूका लागि यो महिना मिश्रित फल प्राप्त हुनेछ रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सन्तानसँग मतभेद बढ्ने तथा सन्तानसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य सन्तान भावमा । बुध १५ गतेसम्म सन्तान भावमा, १६ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र २४ गतेसम्म सन्तान भावमा र २५ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति १८ गतेसम्म प्रतिस्पर्धा भावमा र १९ गतेबाट व्यापार भावमा । शनि पराक्रम भावमा । मङ्गल सुख भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मकर राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सुख मङ्गलको अशुभ गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भय रहनेछ । १८ गतेसम्म बृहस्पतिको अशुभ गोचरले ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । तर पनि महिनाभर नै शनि, बुध, शुक्रको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पत्ति लाभ हुने ग्रहयोग रहेको छ । पराक्रम भावमा शनिको अनुकूल प्रभावले ठेक्कापट्टा, प्राकृतिक स्रोत साधन, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध १५ गतेसम्म सुख भावमा, १६ गतेबाट सन्तान भावमा । शुक्र २४ गतेसम्म सुख भावमा र २५ गतेबाट सन्तान भावमा । बृहस्पति १८ गतेसम्म सन्तान भावमा र १९ गतेबाट प्रतिस्पर्धा भावमा । शनि धन भावमा । मङ्गल पराक्रम भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । तर पनि बुध, शुक्र, मङ्गलको अनुकूल प्रभावले निर्माण सामाग्री, अटो पार्टस् तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ । तर पनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध १५ गतेसम्म पराक्रम भावमा, १६ गतेबाट सुख भावमा । शुक्र २४ गतेसम्म पराक्रम भावमा र २५ गतेबाट सुख भावमा । बृहस्पति १८ गतेसम्म सुख भावमा र १९ गतेबाट सन्तान भावमा । शनि राशिमा । मङ्गल धन भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ । अरूलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । महिनाभर नै बृहस्पतिको अनुकूलताले न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । तर पनि मङ्गलको प्रतिकुल गोचरका कारण चोटपटक तथा मुद्दा मामिलाको भए रहनेछ । शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने
-
बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध
-
अल्जेरियाविरुद्धको पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण