अमलेखगञ्ज सडकखण्डको अतिक्रमण हटाउन सुरु, तस्बिरहरू
सारांश
- पूर्व-पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा सडक, वन र निकुञ्जको जग्गामा परेको अतिक्रमण हटाउन सुरु गरिएको छ।
- राजमार्गको ३ नम्बर पुल क्षेत्रमा ३५ घरधुरी र सामुदायिक विद्यालयको संरचना भत्काउन थालिएको छ।
- अतिक्रमण हटाउने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडप भए पनि अहिले अवस्था सामान्य छ।
बारा । पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ।
_kK38jveLJI.jpg)
शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काउन थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएका छन्।
_iqgwmb7HDA.jpg)
अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो। यद्यपि, अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्। राजमार्गको ३ नम्बर पुल छेउमा अतिक्रमण गरी बस्नेहरूमा अधिकांश मकवानपुरका स्थायी बासिन्दा रहेका थिए, जसले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।
_xQCmjjxG3B.jpg)
डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५/२५ मिटर खाली गराएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन्। सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचनाहरू हटाउने काम जारी रहेको छ।
_RxR8BsmK7i.jpg)
_LwoCAoK8SG.jpg)
_to0jsopdEt.jpg)
_osdNat1vdI.jpg)
_G1HYVkdKuJ.jpg)
_dK0Vz2BK1m.jpg)
_Uww3DErgav.jpg)
_xG3PtEp8Io.jpg)
_qVt0qnw8Of.jpg)
_XGiVlfIhZV.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
-
सामान्य प्रशासन मन्त्रालयले सोध्यो सहसचिव नरेन्द्र कुमार रानालाई १५ दिने स्पष्टीकरण
-
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
-
मन्त्री लम्सालको योजना अचम्मको छ, मेरो क्षेत्रमा बजेट नपरे पनि म प्रभावित भएँ : सांसद मगर
-
राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण