शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
महालेखापरीक्षकको प्रतिवेदन

बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर, बागमती अब्बल

शुक्रबार, ०१ जेठ २०८३, १६ : ४६
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • आर्थिक वर्ष २०८१/०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ ।
  • महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम शून्य दशमलव ८३ प्रतिशत छ ।
  • मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत ३ दशमलव ७७ प्रतिशत रहेको छ, जुन अन्य प्रदेशको तुलनामा बढी हो ।

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा बेरुजुको मामिलामा मधेस प्रदेश सर्वाधिक कमजोर देखिएको छ भने बागमती प्रदेश अब्बल देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यो आर्थिक वर्ष बागमती प्रदेश सरकारको बेरुजु प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेस प्रदेश सरकारको बेरुजु प्रतिशत अन्य प्रदेशको तुलनामा बढी छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ यो वर्ष शून्य दशमलव ८३ प्रतिशत बेरुजु देखिएको छ । मधेस प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ भने बेरुजु प्रतिशत ३ दशमलव ७७ प्रतिशत छ ।

यस्तै, कोशी प्रदेश सरकार अन्तर्गत १ दशमलव १२ प्रतिशत, गण्डकी प्रदेश सरकार अन्तर्गत १ दशमलव ४४ प्रतिशत, लुम्बिनी प्रदेश सरकार अन्तर्गत १ दशमलव २७, कर्णाली प्रदेश सरकार अन्तर्गत २ दशमलव ०८ प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत १.५३ प्रतिशत बेरुजु देखिएको छ ।

pradesh

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप