अस्पताल सञ्चालनका विषयमा देखिएको विवादप्रति मन्त्रालयको ध्यानाकर्षण
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा स्थलगत अनुगमन एवं वस्तुस्थिति बुझ्न खटिएको मन्त्रालयको टोलीमा सहभागी प्रतिनिधिमाथि गरिएको अनुचित व्यवहारप्रति दु:ख व्यक्त गरेको छ ।
अस्पताल सञ्चालन व्यवस्थापनका विषयमा आइरहेका समाचारबाट प्रभावित नहुन आग्रह गर्दै मन्त्रालयले प्रदेश सरकारको निर्णयअनुसार प्रचलित ऐन तथा नियमावलीबमोजिम लम्कीचुहा प्रादेशिक अस्पतालको आर्थिक र भौतिक विषयका साथै जनशक्ति व्यवस्थापन गर्ने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ ।
समस्याको समाधान टकरावबाट नभई सहकार्य र संवादबाट सम्भव हुने र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित नहुने वातावरण बनाउन सबैमा अनुरोध गर्दै अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्टसहितका कर्मचारी खटाइसकिएकाले केही दिनभित्रमा सेवा सञ्चालन गरी नागरिकलाई सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पन्ध्र शय्याको लम्कीचुहा नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न थालिएको प्रक्रियामा केही महिनादेखि प्रदेश सरकार र नगरपालिकाबिच विवाद देखिएको हो ।
सो नगरपालिकाकी प्रमुख सुशीला शाहीले पालिका तहको स्वायत्ततामाथि प्रदेश सरकारले हस्तक्षेप गरेको दाबी गर्दै आएका छन् । उक्त अस्पतालका लागि प्रदेश सरकारले चालु वर्षमा रु चार करोड बजेट विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण