आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्यो
शनिबार, ०२ जेठ २०८३, ०७ : ३५
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने तय भए पनि आगामी सोमबारको लागि सारिएको छ ।
- सोमबार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक बस्नेछ ।
- बैठकमा पार्टीभित्रको कार्यविभाजन र फागुन २१ को निर्वाचनको समीक्षा हुनेछ ।
काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको उनले जानकारी दिए ।
बैठकमा पार्टीभित्रको कार्यविभाजनका साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ । निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
-
१० बजे १० समाचार : विष्णु पौडेललाई मिलेन राहत, सरकारले गर्यो सरुवा र नियुक्तिसहितका निर्णय
-
कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण