सुदूरपश्चिम सरकारको बेरुजु वर्षमै थपियो ६० करोड, बेरुजु दर पनि बढ्यो
शनिबार, ०२ जेठ २०८३, ०७ : ४२
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु आर्थिक वर्ष २०८१-८२ मा झन्डै साढे ६० करोड थपिएको छ ।
- यो कुल लेखापरीक्षण गरिएको रकमको १.५३ प्रतिशत हो, जुन अघिल्लो वर्षको तुलनामा ०.१२ प्रतिशतले बढी हो ।
- यससँगै प्रदेश सरकारको कुल बेरुजु तीन अर्ब ५८ करोड ८९ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक वर्षमै झन्डै साढे ६० करोड थपिएको छ ।
महालेखापरीक्षकले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ प्रतिवेदनमा प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा ६० करोड ४८ लाख ८९ रुपैयाँ गरेको उल्लेख छ । यो कुल लेखापरीक्षण गरिएको रकम ३९ अर्ब ४९ करोड ९१ लाख ५५ हजारको १.५३ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा कुल ३५ अर्ब ६२ करोड ५९ लाख ७७ हजार रुपैयाँको लेखापरीक्षण गर्दा कुल ५० करोड छ लाख ९३ हजार बेरुजु भेटिएको महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले जनाएको थियो । जुन कुल लेखापरीक्षण गरिएको रकमको १।४१ प्रतिशत थियो ।
यसअनुसार प्रदेश सरकारको बेरुजु दर पनि ०।१२ प्रतिशतले वृद्धि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजु तीन अर्ब ५८ करोड ८९ लाख ९ हजार रुपैयाँ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण