अमेरिका र नाइजेरियाको संयुक्त कारबाहीमा आईएसआईका वरिष्ठ कमाण्डर मारिएको दाबी
सारांश
- अमेरिकी र नाइजेरियाली सेनाको संयुक्त कारबाहीमा आईएसआईएसका वरिष्ठ कमाण्डर अबु-बिलाल अल-मिनुकी मारिएको दाबी गरिएको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल-मिनुकीलाई आईएसआईएसको दोस्रो कमाण्डर भएको दाबी गर्दै उनी मारिएको बताएका छन् ।
- नाइजेरियाली राष्ट्रपति कार्यालयले समेत संयुक्त अभियानको पुष्टि गर्दै यसले इस्लामिक स्टेटको संरचनामा ठूलो चोट पुर्याएको जनाएको छ ।
वासिङ्टन डीसी । अमेरिकी र नाइजेरियाली सेनाले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा आईएसआईएसका एक वरिष्ठ कमाण्डर मारिएको दबी गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे जानकारी गराएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा अबु–बिलाल अल–मिनुकीलाई विश्वव्यापी रूपमा आईएसआईएसको दोस्रो कमाण्डर भएको दाबी गर्दै उनी मारिएको बताए । नाइजेरियाको राष्ट्रपति कार्यालयले समेत संयुक्त अभियानको पुष्टि गर्दै यसले इस्लामिक स्टेटको संरचनामा ठूलो चोट पुर्याको जनाएको छ ।
'मेरो निर्देशनमा अमेरिकी सेना र नाइजेरियाको सशस्त्र बलले अत्यन्त जटिल र योजनाबद्ध अभियान सफलतापूर्वक सञ्चालन गरेर विश्वकै सक्रिय आतंककारीमध्ये एकलाई समाप्त गरेको छ,' ट्रम्पले भने । तर उनले आक्रमण कहाँ गरिएको हो भन्ने खुलाएका छैनन् । तर अल–मिनुकी अफ्रिकामा लुकेर बसेको ठानिएको छ ।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको दस्तावेजअनुसार अल–मिनुकी सन १९८२ मा नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा जन्मिएका थिए । उक्त क्षेत्र क्यामरुन, चाड र नाइजरसँग सीमा जोडिएको इलाका हो । यसअघि पनि सन् २०२४ मा उत्तरी कादुना राज्यको बिर्निन ग्वारी जंगल क्षेत्रमा आईएसडब्ल्यूएपी/बोको हराम कमाण्डरहरू मारिएको घटनामा अल–मिनुकीको नाम जोडिएको थियो । तर नाइजेरियाली राष्ट्रपति कार्यालयका प्रवक्ता बायो ओनानुगाले त्यो गलत पहिचान भएको बताएका छन् ।
उनले आइतबार जारी वक्तव्यमा भने, 'यसपटक सुरक्षा निकायहरूलाई अल–मिनुकी मारिएको विषयमा धेरै उच्च स्तरको विश्वास छ ।' अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि अमेरिकी सेनाले महिनौँदेखि नाइजेरियामा उक्त आईएसआईएस नेताको खोजी गरिरहेको बताएका छन् । उनका अनुसार उक्त नेता इसाई समुदायमाथि आक्रमणमा संलग्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण