बुटवलमा भूमिहीन सुकुम्बासीको राष्ट्रिय भेला सुरु
सारांश
- भूमिहीन तथा सुकुम्बासीहरूको राष्ट्रिय भेला बुटवलमा सोममबार सुरु भएको छ ।
- सम्मेलनले भावी कार्ययोजना तय गर्ने, आन्दोलनको राष्ट्रिय कार्यदिशा निर्धारण गर्ने तथा भूमिहीन र सुकुम्बासीका मुद्दालाई राष्ट्रिय स्तरमा थप संगठित बनाउने लक्ष्य राखेको छ ।
- यस्तै, सम्मेलनबाट राष्ट्रिय संघर्ष समितिको नयाँ नेतृत्व समेत चयन गरिने जनाइएको छ ।
बुटवल । भूमिहीन तथा सुकुम्बासीहरूको राष्ट्रिय भेला बुटवलमा सोममबार सुरु भएको छ । सम्मेलनमा देशभरका २२ जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका सल्लाहकार विरेन्द्र विकका अनुसार बाँके, बर्दिया, कञ्चनपुर, दाङ, कैलाली, कपिलवस्तु, नवलपरासी, चितवन, झापा लगायत जिल्लाबाट प्रतिनिधिहरू बुटवलमा भेला भएका छन् ।
सम्मेलनले भावी कार्ययोजना तय गर्ने, आन्दोलनको राष्ट्रिय कार्यदिशा निर्धारण गर्ने तथा भूमिहीन र सुकुम्बासीका मुद्दालाई राष्ट्रिय स्तरमा थप संगठित बनाउने लक्ष्य राखेको छ ।
यस्तै, सम्मेलनबाट राष्ट्रिय संघर्ष समितिको नयाँ नेतृत्व समेत चयन गरिने जनाइएको छ ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलका अनुसार देशभरका सुकुम्बासीलाई एकीकृत गर्दै बुटवलबाटै नयाँ राष्ट्रिय नेतृत्व चयन गरी आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण