इरान युद्धको असर : इतिहासकै कमजोर अवस्थामा पुग्यो भारतीय रुपैयाँ
सारांश
- इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ बढेको र भारतको आर्थिक अवरोध गहिरो बनेपछि भारतीय मुद्रा दबाबमा आएको छ ।
- सोमबार प्रति डलर भारुको मूल्य ९६ रुपैयाँ २२७५ पैसामा झरेको छ, जुन यसअघिको ऐतिहासिक न्यून स्तरभन्दा पनि कम हो ।
- इरान युद्ध सुरु भएयता भारतीय रुपैयाँ करिब ५.५ प्रतिशतले कमजोर भएको छ र सन् २०२६ को मध्यसम्म प्रतिडलर ९६ सम्म पुग्न सक्ने अनुमान छ ।
नयाँ दिल्ली । भारतीय मुद्राको भाउ सोमबार अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर विश्वव्यापी बन्ड प्रतिफल बढेको अवस्थामा लगानीकर्तामा जोखिमयुक्त सम्पत्तिमा रुचि घटेको र तेस्रो ठुलो इन्धन आयातकर्ता देश भारतको आर्थिक अवरोध झनै गहिरो बनेपछि स्थानीय मुद्रा दबाबमा आएको हो ।
बिहानी कारोबारमा प्रति डलर भारुको मूल्य शून्य दशमलव ३ प्रतिशतले कमजोर हुँदै ९६ रुपैयाँ २२७५ पैसामा झरेको थियो । यसले यसअघिको ऐतिहासिक न्यून स्तरलाई समेत पार गरेको हो । यसअघि भारु डलर विनिमय दर ९६ रुपैयाँ १३५० पैसाको कीर्तिमानी न्यून स्तरमा थियो ।
इरान युद्ध सुरु भएयता भारत लगायत तेल निर्यातमा निर्भर एसियाली देशका मुद्राहरू दबाबमा छन् । भारु सन् २०२६ मा एसियाकै कमजोर प्रदर्शन गर्ने मुद्राका रूपमा रहेको छ । योसँगै भारतीय रुपैयाँ लगातार पाँचौँ कारोबार दिन पनि न्यून स्तरमा झरेको छ ।
व्यापारीहरूका अनुसार भारतीय केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इन्डिया (आरबीआई) ले डलर बिक्रीमार्फत हस्तक्षेप नगरेको भए रुपैयाँको गिरावट अझ तीव्र हुने थियो । बजारमा हस्तक्षेपसँगै भारतीय नीति निर्माताहरूले रुपैयाँलाई समर्थन गर्न दुर्लभ नियामकीय कदमसमेत चालेका छन् । हालै अधिकांश चाँदी आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि त्यसैको हिस्सा रहेको बताइएको छ ।
इरान युद्ध सुरु भएयता भारतीय रुपैयाँ करिब ५ दशमलव ५ प्रतिशतले कमजोर भइसकेको छ । तेलको मूल्य लामो समय उच्च रहने सम्भावना देखिएकोले सन् २०२६ को मध्यसम्म भारतीय रुपैयाँ प्रतिडलर ९६ र वर्षको अन्त्यसम्म ९८ पुग्न सक्ने बीअफए ग्लोबल रिसर्चका विश्लेषकहरूले एउटा नोटमा भनेका छन् ।
विश्लेषकहरूका अनुसार आर्थिक वृद्धिसम्बन्धी जोखिमले सेयर बजारमा विदेशी लगानी फर्किने सम्भावना कमजोर बनाएको छ । साथै, न्यून प्रतिफल, उच्च हेजिङ लागत, बढ्दो वित्तीय घाटा र ब्याजदर वृद्धिको चिन्ताले ऋण बजारमा विदेशी लगानी घटाउने जोखिम पनि बढाएको छ ।
मार्चयता विदेशी लगानीकर्ताले भारतीय सेयर तथा ऋणपत्र बजारबाट २३ अर्ब ५० करोड डलरभन्दा बढी रकम फिर्ता लगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण