बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सकियो ‘जलाकी’को छायांकन

सोमबार, ०४ जेठ २०८३, १३ : १०
सोमबार, ०४ जेठ २०८३

सारांश

  • निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ ।
  • पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिचेसँगै ३९ दिन लामो छायांकन सम्पन्न भएको छ ।
  • मगर समुदायको आस्थाको प्रतीक मानिने ढुङ्गाको स्तम्भमा आधारित त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्म विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

काठमाडौं । अशोक थापा मगरको निर्देशन रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । नियमित ३९ दिनको छायांकनपछि फिल्म सकिएको हो ।

 पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै फिल्मले इन्डक्ल्याप गरेको निर्देशक अशोकले बताए । फिल्मको पोष्ट–प्रोडक्सन काम सुरु गरिसकेको निर्देशक उनको अशोकको भनाईछ ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धिमान तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, भावना मगर, राज काउचा गर, विषेश भूमिकामा क्याप्टेन बिजय लामा र बाल कलाकारमा मुन्जन थापा मगर, नुलुम्मा वान्तवा राई, रिन्ची धनहा मगर लगायतको अभिनय देख्न सकिन्छ । यो फिल्मबाट मिस सिक्किम साहारा हाङमा लिम्बु समेत अभिनयमा डेब्यु गर्दैछिन् ।

‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिकको रुपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतिकको रुपमा जलाकी बनाउने गरिन्छ । सोही कथामा निर्माण भएको फिल्म रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भु–भागमा छायांकन भएको छ ।

ओम घर्ति मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको फिल्म एम मिडिया प्रालीको व्यानरमा बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप