मालीमा वैवाहिक समारोहमा ड्रोन आक्रमण, कम्तीमा १० जनाको मृत्यु
बाम्को । मालीको मध्य भाग सान क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा १० जना सर्वसाधारणको मृत्यु भएको छ । पीडितहरू एक वैवाहिक समारोहको तयारीमा रहेका बेला आक्रमण भएको स्थानीय र सुरक्षा स्रोतहरूले बताएका छन् ।
यो घटना देशमा बढ्दो सुरक्षा सङ्कटबिच भएको हो । पछिल्लो महिना सशस्त्र समूहहरूले सरकारका सैन्य पोस्टहरूमा ठुला हमला गरेपछि द्वन्द्व झनै चर्किएको बताइएको छ ।
स्रोतहरूका अनुसार आक्रमणको जिम्मा सरकारी सेनाले चलाएको ड्रोन समूहले लिएको छ । स्थानीय बासिन्दाका अनुसार सो आक्रमणबाट टेने क्षेत्रमा बालबालिकासहित १० जना मारिएका छन् ।
एक सुरक्षा स्रोतका अनुसार ड्रोनहरूले मोटरसाइकलमा यात्रा गरिरहेको समूहलाई लक्षित गरेका थिए, जसले उनीहरूको ध्यान खिचेको हुनसक्ने अनुमान गरिएको छ ।
स्थानीय अधिकारीहरूले पनि करिब १० जनाको मृत्यु भएको पुष्टि गर्दै उक्त घटना विवाहको तयारीकै क्रममा भएको बताएका छन् । मालीमा पछिल्लो समय सुरक्षा अवस्था अत्यन्तै बिग्रिएको छ ।
जमात नुसरत अल–इस्लाम वाल–मुस्लिमीन र तुआरेग पृथकतावादी समूह अजवाद लिबरेशन फ्रन्टबिच सहकार्य भएपछि हिंसा झनै बढेको हो ।
अप्रिल २५ र २६ मा भएको आक्रमणमा रणनीतिक सहरहरू निशाना बनाइएका थिए र देशका रक्षामन्त्रीको समेत मृत्यु भएको थियो ।
विश्लेषकहरूका अनुसार विद्रोही समूहहरूले उत्तरी सहरहरू नियन्त्रणमा लिएर राजधानी बामाकोतर्फ नाकाबन्दीसमेत कडा बनाएका छन् । जसले देशको सैन्य सरकारमाथि थप दबाब सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण