बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘लोकतन्त्रमा नागरिकलाई उठिबास लगाउने होइन, सम्मानपूर्वक व्यवस्थापन गर्ने हो’

सोमबार, ०४ जेठ २०८३, १७ : ३५
सोमबार, ०४ जेठ २०८३

सारांश

  • कांग्रेस सांसद गीता देवकोटाले चितवनसहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेका गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
  • उनले लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई उठिबास लगाउने नभई सम्मानपूर्वक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताइन्।
  • बर्खायाममा बाढी र डुबानको जोखिम बढिरहेकाले सरकारले निर्देशन दिने मात्र नभई आवश्यक पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित व्यवस्थापनमा तत्काल सक्रिय हुनुपर्नेमा उनले जोड दिइन्।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता देवकोटाले चितवनसहित देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेका गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। लोकतान्त्रिक व्यवस्थामा नागरिकलाई उठिबास लगाउने नभई सम्मानपूर्वक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको उनले बताइन्। 

उचित आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यले हजारौँ विपन्न नागरिक असुरक्षित र पीडित बनेको उनले उल्लेख गरिन्। सांसद देवकोटाले बर्खायाम सुरु भएसँगै चितवनसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा डुबानको जोखिम तीव्र बन्दै गएको भन्दै नदी किनार र तटीय क्षेत्रमा बसोवास गर्ने नागरिक त्रासमा बाँच्न बाध्य रहेको समेत बताइन्। सरकारलाई केवल निर्देशन दिने काममा मात्र सीमित नभई आवश्यक पूर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा तत्काल सक्रिय हुन उनले आग्रह गरिन्।

बैठकमा बोल्दै उनले भनिन्, ‘चितवन लगायत देशका विभिन्न जिल्लामा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने नाममा गरिँदै आएका गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। लोकतन्त्रमा नागरिकलाई उठिबास लगाउने होइन सम्मानपूर्वक व्यवस्थापन गर्ने दायित्व राज्यको हो। आवासको उचित व्यवस्था गर्नुको सट्टा उठिबास लगाउने कार्यले हजारौँ विपन्न नागरिक असुरक्षित र पीडित बनेका छन्। अर्कोतर्फ बर्खायाम सुरु भएसँगै चितवनसँगै देशका विभिन्न ठाउँहरूमा बाढी तथा डुबानको जोखिम तीव्र रूपमा बढिरहेको छ। नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक त्रासमा बाँच्न बाध्य छन्। यस्तो समयमा सरकारले निर्देशन दिने मात्र होइन आवश्यक पूर्वतयारी गरोस्।’

उनले नागरिकको मौलिक हकको रक्षा र कार्यान्वयनमा विशेष जोड दिन समेत सरकारको ध्यानाकर्षण गराएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप