कङ्गोमा इबोला प्रकोप: मृत्यु हुनेको सङ्ख्या १ सय जना पुग्यो
सारांश
- कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ र ३९० भन्दा बढी मानिसमा संक्रमणको आशंका गरिएको छ।
- यस इबोला स्ट्रेनका लागि कुनै स्वीकृत औषधि वा खोप उपलब्ध नभएको र विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ।
- कङ्गोको छिमेकी युगान्डामा पनि दुई जनामा संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको छ, साथै एक अमेरिकी डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ।
कङ्गो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा १०० जनाको मृत्यु भएको छ भने ३९० भन्दा बढी मानिसमा संक्रमणको आशंका गरिएको छ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जीन कासेयाले बीबीसीलाई दिएको जानकारीअनुसार हाल फैलिरहेको इबोलाको यो स्ट्रेनका लागि कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन।
कासेयाले महामारी नियन्त्रणका लागि सर्वसाधारणलाई इबोला पीडितहरूको अन्त्येष्टि लगायतका सामाजिक कार्यहरूमा जनस्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्।
यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुन्दिबुग्यो भाइरसका कारण फैलिएको यो इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ। कङ्गोको छिमेकी देश युगान्डामा पनि दुई जनामा संक्रमण पुष्टि भइसकेको र एक जनाको मृत्यु भइसकेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ।
कङ्गोमा कार्यरत एक अमेरिकी डाक्टरमा पनि इबोला संक्रमण पुष्टि भएको छ। उनी आबद्ध मेडिकल मिसनरी समूह र सीडीसीका अनुसार पहिचान नखुलकेका ती डाक्टरलाई थप उपचारका लागि जर्मनी लैजाने तयारी भइरहेको छ।
कङ्गोमा जारी यस प्रकोपका क्रममा कम्तीमा छ जना अमेरिकी नागरिकहरू इबोला भाइरसको सम्पर्कमा आएको स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले उल्लेख गरेको छ। अमेरिकी सीडीसीले प्रकोपबाट प्रत्यक्ष प्रभावित भएका थोरै संख्याका अमेरिकी नागरिकहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउन सहयोग गरिरहेको बताए पनि उनीहरूको यकिन संख्या भने सार्वजनिक गरेको छैन।
स्वास्थ्यसम्बन्धी समाचार पोर्टल ‘स्ट्याट’ का अनुसार अमेरिकी सरकारले कङ्गोमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित क्वारेन्टाइन स्थलमा लैजाने प्रबन्ध मिलाइरहेको छ। कङ्गोबाट उद्धार गरिने अमेरिकीहरूको टोलीलाई जर्मनीस्थित अमेरिकी सैन्य शिविरमा राखिन सक्ने सम्भावना बलियो भए पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सीडीसीले प्रभावित अमेरिकी नागरिकहरूका बारेमा सोधिएका सिधा प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेको थियो। सोमबार जारी गरिएको नयाँ अपडेटमा सीडीसीले अमेरिकामा यस भाइरसको जोखिम तुलनात्मक रूपमा कम रहेको उल्लेख गरे पनि देश भित्रिन सक्ने संक्रमण रोक्नका लागि विभिन्न कडा उपायहरू लागू गर्ने घोषणा गरेको छ।
नयाँ नियमअनुसार प्रभावित क्षेत्रबाट आउने यात्रुहरूको विशेष निगरानी गरिनेछ भने विगत २१ दिनभित्र युगान्डा, डीआर कङ्गो वा दक्षिण सुडान भ्रमण गरेका गैर-अमेरिकी राहदानी वाहकहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइनेछ।
सीडीसीले एयरलाइन्स र अन्य साझेदारहरूसँग मिलेर शंकास्पद यात्रुहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण क्षमता बढाउने र अस्पतालहरूलाई तयारी अवस्थामा राख्ने बताएको छ। यसैबिच, अमेरिकी सरकारले कङ्गोका लागि आफ्नो सबैभन्दा कडा ‘लेभल फोर’ ट्राभल एड्भाइज जारी गर्दै आफ्ना नागरिकहरूलाई कङ्गो भ्रमण नगर्न चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
-
म्याराडोनाको विवादास्पद गोलसँगै पराजित भएकै मैदानमा मेक्सिकोसँग भिड्दै इंग्ल्यान्ड
-
पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीकाे ध्यानाकर्षण
-
प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण