बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध उजुरी दिएकासँग छलफल गर्ने बेला मिडियालाई नराखिने

मङ्गलबार, ०५ जेठ २०८३, ०९ : ४७
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने र छलफल गर्ने क्रममा मिडियालाई बाहिर राखिने भएको छ ।
  • समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरीकर्ताको सुरक्षाका लागि गोपनीयता कायम गरिने बताएका छन् ।
  • प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् र समितिले ती उजुरीमाथि छलफल गर्न लागेको छ ।

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरी खोल्ने बेलामा र उजुरी दिनेहरूसँग छलफल गर्ने बेलामा मिडियालाई बाहिर निकालिने भएको छ । 

संसदीय सुनुवाइ समिति सभापति बोधनारायण श्रेष्ठले उजुरी खोल्दा र उनीहरूसँग छलफल गर्दा गोपनीयता कायम गरिने बताए । उजुरीकर्ताको सुरक्षाका लागि पनि गोपनीयता कायम गरिने उनको भनाइ थियो । 

समितिले उजुरी आह्वान गर्दा शर्माविरुद्ध १६ उजुरी परेका छन् । समितिको बैठकमा ती उजुरीबारे अध्ययन गर्ने र उजुरी कर्तासँग छलफल गर्न लागिएको छ । अहिले बैठक १५ मिनेटलाई स्थगित गरिएको छ । त्यसपछि उजुरी खोल्ने र उजुरी कर्तासँग छलफल गर्ने कार्यसूची रहेको सभापति श्रेष्ठले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप