प्रस्तावित प्रधानन्यायाधीशबारे छलफल भइरहेको सुनुवाइ समितिमा कांग्रेसका दुई सांसद अनुपस्थित
सारांश
- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाइबारे छलफल भइरहेको संसदीय सुनुवाइ समितिमा कांग्रेसका दुई सदस्य अनुपस्थित रहेका छन् ।
- कांग्रेसका तर्फबाट १५ सदस्यीय समितिमा तीन सदस्य रहे पनि भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसी बैठकमा सहभागी नभएको जानकारी प्राप्त भएको छ ।
- भीष्मराज आङ्देम्बेले संवैधानिक परिषद् बैठकमा डा. शर्माको नियुक्तिमा लिखित असहमति जनाएकाले सुनुवाइ समिति बैठकमा अनुपस्थित रहेको बताएका छन् ।
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको सुनुवाइबारे छलफल भइरहेको संसदीय सुनुवाइ समितिका दुई सदस्य सहभागी छैनन् ।
१५ सदस्यीय संयुक्त समितिमा कांग्रेसका ३ सदस्य छन् ।
प्रतिनिधि सभाका सदस्यद्वय भीष्मराज आङ्देम्बे र अर्जुननरसिंह केसी तथा राष्ट्रिय सभा सदस्य आनन्द ढुंगाना कांग्रेसका तर्फबाट सदस्य छन् । तीमध्ये आङदेम्बे र केसी बैठकमा अनुपस्थित छन् ।
आङ्देम्बे प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य छन् । त्यहाँ आफूले डा. शर्मालाई नियुक्त गर्न नहुने भन्दै लिखित असहमति राखेकाले आजको बैठकमा उपस्थित नभएको जानकारी आङ्देम्बेले रातोपाटीलाई दिए ।
‘संवैधानिक परिषद् बैठकबाट निर्णय हुँदा लिखित असहमति राख्ने मान्छे सुनुवाइ समितिमा उपस्थित हुने कुरा भएन । म त्यहाँ गएको छैन । हाम्रो पार्टीका अर्का सांसद अर्जुननरसिंह केसी पनि जानुभएको छैन,’ आङदेम्बेले रातोपाटीसँग भने ।
ढुङ्गानाले भने आफू समिति बैठकमा रहेको र अहिले छलफल चलिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण