एसियाली क्योरुगी तेक्वान्दो खेल्न ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोलीको बिदाइ
सारांश
- २७औँ एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगोलियाको उलानबटार प्रस्थान गरेको छ ।
- यस प्रतियोगितामा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।
- क्वाटरफाइनलसम्म पुग्ने खेलाडीहरू २०औँ एसियाली खेलकुदका लागि स्वतः छनोट हुनेछन् ।
काठमाडौँ । २७औँ एसियाली क्योरुगी तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार मंगोलियाको उलानबटार जाने भएको छ ।
जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता समेत रहेको यस च्याम्पियनसिपमा ३ पुरुष र ४ महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने छन् ।
जेठ ५ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्वाटरफाइनलसम्म पुग्ने खेलाडीहरू एसियाली खेलकुदका लागि स्वतः छनोट हुने प्रावधान राखिएको छ ।
प्रतियोगिताको पुरुषतर्फ ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गर्ने छन् । यसै गरी महिलातर्फ ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि शुभाङ्गी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले नेपालको प्रतिनिधित्व गर्दै मैदान उत्रने छन् । प्रतियोगिता जेठ ५ गतेदेखि नै सुरु हुने भए पनि नेपालको खेलहरू भने जेठ ७ गतेदेखि मात्र सुरु हुने तालिका रहेको छ । नेपाली टोलीको प्रशिक्षकहरूमा पूर्णकुमार योञ्जन, सइद हसन रेजे र सन्दिपा आम्गाईं रहेका छन् ।
मंगोलिया प्रस्थान गर्न लागेको नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका पूर्व सदस्य भानबहादुर चन्दले सोमबार आयोजित एक कार्यक्रमबिच बिदाइ गरेका छन् । यसै गरी उलानबटारमै आयोजना हुने नवौँ एसियाली पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुनका लागि अर्को नेपाली टोली भने यसअघि नै मंगोलिया पुगिसकेको छ ।
एसियाली खेलकुदकै खेलाडी छनोटका रूपमा रहेको उक्त पुम्से प्रतियोगितामा नेपालका तर्फबाट युवराज राना मगर र स्वस्तिका तामाङले प्रतिस्पर्धा गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण