ललितपुर महानगरका मुख्य सडकमा झन्डा र फूलसहित सौन्दर्यकरण (तस्बिरहरु)
ललितपुर । ललितपुर महानगरपालिकाले ‘हाम्रो गौरव, हाम्रो सम्मान’ भन्ने नारासहित नगर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत महानगरले मुख्य सडक किनारका पोलहरुमा नेपालको राष्ट्रिय झन्डा र ललितपुर महानगरपालिकाको झन्डासहित गमलामा फूल राखेर शहरलाई आकर्षक बनाउने काम अघि बढाएको हो । जुन दृश्य कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेललगायतका क्षेत्रका सडकमा देख्न सकिन्छ ।
महानगरपालिकाका अनुसार शहरलाई व्यवस्थित, सफा र सौन्दर्ययुक्त बनाउने उद्देश्यले मुख्य सडक तथा सार्वजनिक स्थानहरूमा फूलसहितका गमला र झन्डा राख्ने कार्य गरिएको हो । यसले नगरको सौन्दर्य बढाउनुका साथै नागरिकमा नगरप्रतिको अपनत्व र सम्मानको भावना समेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
विश्वका विभिन्न विकसित शहरहरूले सार्वजनिक स्थानको सौन्दर्यकरणका लागि यस्तै अभ्यास अपनाउँदै आएको उदाहरण प्रस्तुत गर्दै महानगरले ललितपुरलाई पनि आधुनिक र आकर्षक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।
_0AiFLKzb85.jpg)
_tQQlVc4bU3.jpg)
_2X79jdd64Z.jpg)
_5UO7DAjmpS.jpg)
_NcxGufrRSk.jpg)
_xdXJritQR9.jpg)
_ptnhI5m5fU.jpg)
_LdAwsPFPoS.jpg)
_cK9MDbQsx3.jpg)
_lUz9HARb21.jpg)
_UwuY7DtdZJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण