नेप्से परिसूचक ६.५१ अङ्कले घट्यो, कारोबार रकममा सामान्य सुधार
सारांश
- नेप्से परिसूचक मङ्गलवार ६.५१ अङ्कले घटेर २७२४.३९ विन्दुमा झरेको छ ।
- आज ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रहेको छ ।
- कारोबार रकममा केही सुधार आएको छ, जसमा आज ३ अर्ब ८ करोडको कारोबार भएको छ ।
काठमाडौँ । नेप्से परिसूचक मङ्गलवार पनि घटेर बन्द भएको छ । आज परिसूचक नेप्से ६.५१ अङ्क घटेको हो । नेप्से परिसूचक ६.५१ अङ्क घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६८ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेको छ ।
आज ११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रहेको छ । कारोबार रकममा केही सुधार आएको छ । अघिल्लो दिन २ अर्ब ४५ करोडको कारोबार भएको थियो । आज थोरै रकम बढेर ३ अर्ब ८ करोडको पुगेको छ ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ । ९ उपसमूहको परिसूचक घटेको छ। जसमा विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.२४ प्रतिशत घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशत बढेको छ। त्यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य करिब साढे ६ प्रतिशत बढेको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा सिटी होटलको २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै,साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण