वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङ, राजस्थान रोयल्सद्वारा लखनउ ७ विकेटले पराजित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको उच्च स्कोरको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । २२१ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर जित हासिल गर्यो ।
राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशी नायक बने । उनले मात्र ३८ बलको सामना गर्दै ९३ रनको विस्फोटक इनिङ्स खेले । आफ्नो पारीका क्रममा उनले १० वटा छक्का प्रहार गर्दै लखनउका बलरहरूलाई दबाबमा राखेका थिए । उनलाई ध्रुव जुरेलले उत्कृष्ट साथ दिए । जुरेल ३८ बलमा ५३ रन बनाउँदै अविजित रहे । त्यस्तै, ओपनर यशस्वी जैसवालले २३ बलमा ४३ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२० रनको बलियो योगफल तयार पारेको थियो । लखनउका लागि मिचेल मार्सले शतकीय पारी खेल्न ४ रनले चुके पनि ५७ बलमा ९६ रनको उत्कृष्ट इनिङ्स खेले। अर्का ब्याटर जोस इङ्लिसले २९ बलमा ६० रन र ऋषभ पन्तले २३ बलमा ३५ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
बलिङतर्फ राजस्थानका यश पुञ्जाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए भने जोफ्रा आर्चरले १ विकेट हात पारे । लखनउका लागि मोहसिन खान र आकाश सिंहले १–१ विकेट लिए पनि उनीहरू निकै महँगो साबित भए। आकाश सिंहले ३ ओभरमा ५४ रन खर्चिन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण