होर्मुजमा जहाजमा आक्रमण : गम्भीर छलफलमा इरान र दक्षिण कोरिया
सारांश
- इरान र दक्षिण कोरियाबिच स्टेट अफ होर्मुजमा दक्षिण कोरियाली कम्पनीद्वारा सञ्चालन गरिएको जहाजमाथि भएको आक्रमणबारे गम्भीर छलफल जारी रहेको छ ।
- प्रारम्भिक अनुसन्धानले दुई अज्ञात उड्दै आएका वस्तुले एचएमएम नामु जहाजमा प्रहार हुँदा विस्फोट र आगलागी भएको निष्कर्ष निकालेको छ ।
- दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेका छन् भने इरानले उक्त आरोप अस्वीकार गरेको छ ।
सोल । इरान र दक्षिण कोरियाबिच स्टेट अफ होर्मुजमा दक्षिण कोरियाली कम्पनीद्वारा सञ्चालन गरिएको जहाजमाथि भएको आक्रमणबारे गम्भीर छलफल जारी रहेको बताइएको छ ।
दक्षिण कोरियाको सरकारी समाचार एजेन्सी योन्ह्याप न्युज एजेन्सीका अनुसार, दक्षिण कोरियाको विदेश मन्त्रालयका प्रवक्ता पार्क इलले मे ४ मा भएको एचएमएम नामु माथिको आक्रमणबारे अनुसन्धान पूरा भएपछि आवश्यक कदम चालिने बताएका छन् ।
प्रारम्भिक अनुसन्धानले दुई अज्ञात उड्दै आएका वस्तुले एचएमएम नामु जहाजमा प्रहार हुँदा विस्फोट र आगलागी भएको निष्कर्ष निकालेको समाचारमा भनिएको छ । घटनास्थलबाट सङ्कलित अवशेषहरूको विश्लेषण जारी रहेको र आक्रमणमा प्रयोग भएका वस्तु तथा जिम्मेवार पक्षको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।
‘यदि थप तथ्य फेला परेमा, हामी इरानी पक्षसँग आवश्यक संवाद जारी राख्नेछौँ र उपयुक्त कदम चाल्नेछौँ, प्रवक्ता पार्क इलले भने । उनले क्षेत्रभित्र जहाज र चालक दलको सुरक्षा तथा निर्बाध आवागमन सुनिश्चित गर्नु दक्षिण कोरियाको प्रमुख प्राथमिकता रहेको पनि बताए ।
यस घटनामा एक चालक दलका सदस्य सामान्य घाइते भएका थिए । दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गरेका छन् भने इरानले उक्त आरोप अस्वीकार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण