एकैदिन सुनको मूल्य ३ हजार ३ सयले रुपैयाँ घट्यो
सारांश
- नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको छ ।
- आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ ।
- चाँदीको मूल्य पनि प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको छ ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ३ सय ४० रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिन २ लाख ५३ हजार १ सय ७० रुपैयाँ रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको थियो । त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण