सेयर बजार
नेप्सेमा ३० अङ्कको वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार
बुधबार, ०६ जेठ २०८३, १५ : ३६
सारांश
- साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.०८ अंकले बढेर २,७५४.४८ को विन्दुमा पुगेको छ।
- आज बजारमा ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयरको ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ।
- कुल २४८ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २१ कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
काठमाडौँ । साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। नेप्से परिसूचक ३०.०८ अङ्क अर्थात् १.१० प्रतिशतले वृद्धि भई २,७५४.४८ को विन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ५२,३३६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबारको कारोबारमा अधिकांश कम्पनीका लगानीकर्ताले आम्दानी गरेका छन्। कुल २४८ कम्पनीको सेयर मूल्यमा सुधार आउँदा २१ कम्पनीको मूल्यमा गिरावट देखिएको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आजको वृद्धिपछि समग्र बजार पुँजीकरण ४६ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ६९ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण