गीत, सङ्गीत र फेसन विधा समेटेर 'नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६' हुने
सारांश
- नेपाली गीत सङ्गीत र फेसनलाई प्रोत्साहन गर्ने उद्देश्यले 'नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२६' आयोजना हुन लागेको छ ।
- सन् २०२५ जनवरीदेखि २०२६ मेसम्म रिलिज भएका गीत तथा म्युजिक भिडियोहरू यस अवार्डमा सहभागी हुन सक्नेछन् ।
- अवार्ड समारोहमा सङ्गीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरूलाई विशेष सम्मान गरिनेछ ।
काठमाडौँ । ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को छैटौँ संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ आयोजना हुने भएको छ । नेपाली गीत सङ्गीत र फेसनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुन लागेको हो ।
आयोजक स्टार वान इन्टरटेनमेन्टले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुल्ला भएको जनाएको हो । सन् २०२५ जनवरीबाट सन् २०२६ मे अन्तिमसम्म रिलिज भएका गीत तथा म्युजिक भिडियो यो अवार्डमा सहभागी हुन सक्ने आयोजक पक्षले जनाएको छ ।
अवार्डमा गीत सङ्गीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । सङ्गीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरूलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ ।
फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तर्राष्ट्रिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
अवार्डमा भाग लिन चाहनेहरूले आगामी १३ असार भित्र फारम भरिसक्नु पर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट र एसपी क्रियसन प्रा.लि. पुतलीसडकबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना आउँदो असारको अन्तिम साता हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण