सरकारले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ: इन्दिरा रानामगर
बिहीबार, ०७ जेठ २०८३, १२ : ४४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्।
- उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश व्यक्त गरिन् ।
- सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्नुपर्ने स्पष्ट पारिन् ।
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्।
अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले बालबालिकाको हक, हित र संरक्षणका लागि वैकल्पिक व्यवस्था समेत नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर विषयको रूपले लिएर आवश्यक कदम चाल्नुपर्ने समेत स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण