‘१०० वुमन इन बिजनेस’ कार्यक्रम शुभारम्भ
काठमाडौँ । महिला सशक्तीकरण र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालित संस्था सिस्टरहुड क्लोथिंगले आफ्नो नयाँ तथा महत्त्वाकाङ्क्षी कार्यक्रम ‘१०० वुमन इन बिजनेस’को औपचारिक रूपमा शुभारम्भ गरेको छ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमका बिच विभिन्न क्षेत्रका सफल र उत्साही महिलाहरूको उपस्थितिमा यस कार्यक्रमको शुभारम्भ गरिएको हो।
फरक फरक पृष्ठभूमिका १०० जना महिलाहरूलाई एउटै टिममा आबद्ध गरी व्यावसायिक सहकार्य र क्षमता अभिवृद्धि गर्ने यस व्यावसायिक सहकार्यको उद्देश्य रहेको सिस्टरहुडकी संस्थापक तथा सीईओ एञ्जेला श्रेष्ठले बताएकी छन्। महिलाहरूबिच व्यावसायिक सहकार्य, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित व्यवसायको सुरुवात गरिएको श्रेष्ठको भनाइ छ।
उनका अनुसार कार्यक्रममा सहभागी महिलाहरूलाई व्यवसाय सञ्चालन, डिजिटल मार्केटिङ, नेटवर्किङ र उत्पादन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गरिनेछ। उनले भनिन्, ‘हामीहरूको मुख्य उद्देश्य भनेको हामीले अनलाइनबाटै बिजनेस गर्ने हो, हामी शुद्ध बिजनेस नै गर्ने हो, हामी कुनै सोसियल वर्क गर्न आएको होइन, हामीले यस व्यवसायमा महिला सशक्तीकरणसँग जोडेका छौँ, तर हामीले सबैले एफोर्ड गर्न सक्ने गरेर एकदमै सस्तोमा विक्रीका लागि राखेका छौँ ।’
उनले काठमाडौँदेखि अनलाइन माध्यमबाट मात्र महिलाहरूले लगाउने गुणस्तरीय र आधुनिक कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउने स्पष्ट पारेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण