शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुख्य राजमार्गका अतिक्रमण हटाउन सडक डिभिजन दाङको १५ दिने अल्टिमेटम

शुक्रबार, ०८ जेठ २०८३, ०७ : ४०
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा सडक सीमा मिचेर बनाइएका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।
  • सार्वजनिक सडक ऐन, २०३१ को बर्खिलाप हुने गरी सडक सीमाभित्र संरचनाहरू निर्माण हुँदा यातायात आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको छ ।
  • १५ दिनभित्र संरचना नहटाएमा प्रचलित कानून बमोजिम भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने चेतावनी दिइएको छ ।

दाङ । सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न राजमार्ग तथा सडक खण्डहरूको सडक सीमाभित्र बनाइएका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम दिएको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै सडक सीमा मिचेर निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचनाहरू सम्बन्धित व्यक्ति वा संस्था आफैँले हटाउन निर्देशन दिएको हो ।

सार्वजनिक सडक ऐन, २०३१ को बर्खिलाप हुने गरी सडक सीमाभित्र संरचनाहरू निर्माण हुँदा यातायात आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको भन्दै सडक डिभिजनले उक्त संरचना हटाउन आग्रह गरेको हो । 

अतिक्रमण हटाउनुपर्ने मुख्य सडक खण्डहरू
१. महेन्द्र राजमार्ग (NH 01): धानखोला - शिवखोला खण्ड
२. हुलाकी राजमार्ग (NH 05): गढवा - राजपुर खण्ड
३. मदन भण्डारी राजमार्ग (NH 09): सितलपाटी - खलङ्गा - बालुवासंग्रही खण्ड
४. NH 19: मुर्कुटी - घोराही - तुलसीपुर - काल्चे खण्ड
५. NH 53: भालुवाङ - गनाहा सडक खण्ड
६. शहिद मार्ग (NH 54): कोइलाबास - लमही - घोराही खण्ड
७. राप्ती राजमार्ग (NH 55): अमेलिया - तुलसीपुर - सितलपाटी - खौलापास खण्ड
८. रारा राजमार्ग (NH 56): थारमारे - चौरजहारी सडक खण्ड

सडक डिभिजन कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संरचना नहटाएमा प्रचलित कानून बमोजिम ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ । यसरी कार्यालयले संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने डिभिजनले जनाएको छ । 

701368273_908241135561575_1378635332681364597_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप