नेपालले सजिलै हरायो मलेसियालाई
सारांश
- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ ।
- मलेसियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा २४ बल अगावै पछ्यायो ।
- योसँगै नेपालले टी-२० शृङ्खला २-० ले आफ्नो कब्जामा पार्न सफल भएको छ ।
क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई शुक्रबार दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ ।
मलेसियाले प्रस्तुत गरेको ८३ रनको लक्ष्य नेपालले मात्र ३ विकेटको क्षतिमा २४ बल अगावै पछ्यायो ।
योसँगै नेपालले टी–२० शृङ्खला २–० ले आफ्नो कब्जामा पार्न सफल भएको छ । यसअघि बुधबार भएको खेलमा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित हात पारेको थियो ।
नेपालको जितमा ओपनर सम्झना खड्का नायक बनिन् । उनले नटआउट रहँदै ३७ बलमा ३९ रन जोडिन् । उनले यस क्रममा ३ चौका प्रहार गरिन् ।
कविता कुँवरले नटआउट रहेर १९ रन बनाएर खड्कालाई राम्रो साथ दिइन् । उनले २० बलमा १ चौका प्रहार गरिन् । त्यस्तै, सोनी पाख्रिनले १२ रनको योगदान दिइन् । पूजा महतोले ८ रन बनाउँदा कविता जोशी भने शून्य रनमा पभेलियन फर्किइन् ।
वायुमास क्रिकेट ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । टोलीका लागि ओपनर आइना हामिजा हासिमले सर्वाधिक १७ रन जोडिन् ।
त्यस्तै, धनसुरी मुहुनानले १५ रन तथा नुरु आरियाना नात्सयाले १३ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
मलेसियालाई सस्तोमा रोक्न नेपालका कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले २–२ विकेट लिए । पूजा महतो र सीता राना मगरले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण