पोडकाष्टमा अश्लील शब्द बोल्ने उत्सव सापकोटा सहित ३ जनालाई प्रहरीले गरायो सचेत
शुक्रबार, ०८ जेठ २०८३, १४ : ०८
सारांश
- पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ ।
- सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो ।
- जेठ ५ मा उनीहरूले प्रहरीविरुद्ध पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेकोमा प्रहरीसँग माफी मागेका छन् ।
काठमाडौँ । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ ।
सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो ।
सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘केही दिन अघि उहाँलाई नियन्त्रणमा लिएर अबदेखि त्यस्ता शब्द प्रयोग नगर्ने गरी कागज गरेर छाडेका छौँ ।’
युट्युबमा प्रसारित ‘उत्सव सापकोटा एण्ड विशाल गौतम इन द लास्ट क्वेश्चन’ नामको शृङ्खलामा प्रहरीविरुद्ध अश्लील शब्द प्रयोग गरिएको एसपी गिरीले बताए । जेठ ५ मा भोटाहिटीस्थित साइबर ब्यूरोमा उनीहरूले पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेकोमा प्रहरीसँग माफी मागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण