इरान वार्तामा सामान्य प्रगति भएको अमेरिकी विदेशमन्त्रीको दाबी
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले इरानसँग भइरहेको आणविक सम्झौता सम्बन्धी वार्तामा सामान्य प्रगति भएको बताएका छन् ।
स्वीडेनको हेल्सिङबर्गमा आयोजित नेटोको बैठकपछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो भनेका हुन्। “इरानसँगको सम्झौतामा केही सानो प्रगति भएको छ, तर म यसलाई बढाइचढाइ गर्न चाहन्न,” रुबियोले भने।
“केही हल्का हलचल देखिएको छ र त्यो राम्रो कुरा हो,” उनले अगाडि भने । तर मूल विषय अझै परिवर्तन नभएकोमा उनले जोड दिएका छन्। उनका अनुसार इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्नु हुन्न भन्ने अमेरिकी नीति कायम छ। साथै अत्यधिक संवर्धित युरेनियमको विषय पनि प्रमुख समस्या रहेको उनले बताए।
वार्तासँग सम्बन्धित अर्को विषयमा उनले स्ट्रेट अफ हर्मुजको उल्लेख गरेका थिए। उनका अनुसार इरानले त्यहाँ टोल प्रणाली लागू गर्ने प्रयास गरिरहेको छ र ओमानलाई पनि त्यसमा सहभागी गराउन खोजिरहेको छ।
विश्वको कुनै पनि देशले यस्तो प्रणाली स्वीकार गर्नु नहुनेमा रुबियोले जोड दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण