मेटाले अमेरिकी विद्यालयसँग सुल्झायो सामाजिक सञ्जाल लतसम्बन्धी मुद्दा
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढेको आरोपसहित दायर भएको मुद्दामा अमेरिकाको एक विद्यालय जिल्लासँग सम्झौता गरेको छ।
यो मुद्दा अमेरिकाको केन्टुकी राज्यस्थित ब्रेथिट काउन्टी स्कुल जिल्लाले दायर गरेको थियो, जसमा कम्पनीहरूले आफ्ना प्लेटफर्महरूलाई जानाजानी “लत लाग्ने” बनाएको र त्यसको असर स्वरूप विद्यार्थीहरूमा चिन्ता, डिप्रेसनदेखि आत्म–हानिसम्मका समस्या बढेको आरोप लगाइएको थियो ।
विद्यालय पक्षले सामाजिक सञ्जालका असर व्यवस्थापन गर्न ठुलो आर्थिक लागत बेहोर्नुपरेको भन्दै क्षतिपूर्ति माग गरेको थियो । यो मुद्दा अमेरिकाभरका १ हजार २०० भन्दा बढी विद्यालय जिल्लाहरूले दायर गरेका समान प्रकृतिका मुद्दामध्ये एउटा परीक्षण केसका रूपमा अघि बढाइएको थियो ।
मेटासहित अन्य कम्पनीहरू टिकटक, स्न्इाप इङ्क र युट्यूब पनि यसै प्रकारका आरोपमा संलग्न थिए र केहीसँग पहिले नै अलग सम्झौता भइसकेको थियो ।
मेटाले यस मुद्दालाई आपसी सहमतिबाट टुङ्ग्याएको बताएको छ । यसले कम्पनीलाई आगामी अदालतको सुनुवाइमा औपचारिक बचाउ गर्नुपर्ने अवस्थाबाट जोगाएको छ । तर सम्झौताको आर्थिक वा अन्य शर्तहरू सार्वजनिक गरिएको छैन।
कम्पनीले भने किशोर–किशोरीलाई सुरक्षित राख्न “टिन एकाउन्ट्स” जस्ता सुरक्षा उपाय लागू गरिएको र अभिभावकका लागि नियन्त्रण सुविधा दिइएको बताएको छ । यद्यपि केही अनुसन्धानकर्ता र अभियन्ताका अनुसार यस्ता उपायहरू पर्याप्त छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण