पश्चिम एसियाको द्वन्द्वका कारण ८७ हजार भन्दा बढी नेपालीले भरे अनलाइन फारम
सारांश
- पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
- तीमध्ये अधिकांश सकुशल रहेका र केही नेपाल फर्किन चाहेको हुनाले उनीहरूलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको मन्त्रालयले जनाएको छ ।
- पश्चिम एसियामा देखिएको द्वन्द्व समाधान उन्मुखतर्फ गइरहेको र होर्मुजको अवरोध हटाउन भइरहेको बहुपक्षीय प्रयासलाई नेपालले समर्थन गर्दै आएको प्रवक्ता क्षेत्रीले बताए ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण हालसम्म ८७ हजार ८६३ जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन् ।
त्यसमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्किन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
परराष्ट्र मन्त्रालयमा रहेको २४ घण्टे कन्ट्रोल रुममा पनि फोन तथा म्यासेजहरू आएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रले बताए । हालसम्म १६० वटा फोन कल, ५० वटा मेल, ११० वटा अनलाइन म्यासेज तथा १० जना भौतिक उपस्थित जनाएर आफ्नो गुनासो टिपाएको उनले बताए ।
यद्यपि विगतको भन्दा हाल फोन कल तथा म्यासेज कम आएको हुनाले कन्ट्रोल रूपमा २४ घण्टाबाट घटाएर बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म बनाएको मन्त्रालयले जानकारी गराएको छ ।
पश्चिम एसियामा देखिएको द्वन्द्व समाधान उन्मुखतर्फ गइरहेको बताउँदै प्रवक्ता क्षेत्रीले होर्मुजको अवरोध हटाउन भइरहेको बहुपक्षीय प्रयासलाई नेपालले समर्थन गर्दै आएको बताए । पश्चिम एसियाका देशहरूमा रहेका नेपालीहरू सकुशल रहेको दाबी पनि मन्त्रालयले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण