एमाले राजनीति
६ घण्टा बसेको एमाले बैठकमा के–के भयो ?
शुक्रबार, ०८ जेठ २०८३, १८ : ०८
सारांश
- नेकपा एमालेको सचिवालय बैठक शुक्रबार झण्डै ६ घण्टा बसेर शनिबारसम्मका लागि स्थगित भएको छ ।
- बैठकमा उपाध्यक्षहरूले धारणा राखेका छन् र बाँकी उपाध्यक्षहरूले शनिबारको बैठकमा बोल्नेछन् ।
- बैठकमा आएका सुझावका आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने छ ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार झण्डै ६ घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले बोलेपछि शनिबार बस्ने गरी बैठक सकिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ । ‘आज ५ जना उपाध्यक्षले लामो समयसम्म बोल्नुभयो । अब १२ जना बोल्न बाँकी छ’, भट्टले भने।
बैठकमा आएको सुझावको आधारमा कार्य विभाजनका लागि प्रस्तावित नाम संशोधन हुनसक्ने भट्टले बताए।
अध्यक्ष ओलीले नेताहरूको कार्य विभाजनको प्रस्ताव सोमबारको बैठकमा राखेका थिए । त्यही प्रस्तावका आधारमा नेताहरूले आ–आफ्ना धारणा राखेका हुन्।
तर आजको बैठकमा नेताहरूले चुनावकै बारेमा केन्द्रित भएर बोलेकाले कार्य विभाजनबारे छलफल प्रवेश नै गर्न नपाएको नेताहरूले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण