सनराइजर्स हैदरावादद्वारा रोयल च्यालेन्जर्स बेंगलुरु ५५ रनले पराजित
सारांश
- सनराइजर्स हैदरावादले आईपीएल २०२६ को खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५५ रनले पराजित गरेको छ ।
- हैदरावादले २५६ रनको लक्ष्य दिएकामा बेंगलुरुले २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्र बनायो ।
- यस हारपछि पनि रोयल च्यालेन्जर्स बेंगलुरु १८ अंकसहित शीर्ष स्थानमा छ ।
काठमाडौँ । आईपीएल २०२६ अन्तर्गत शुक्रबार भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५५ रनले पराजित गरेको छ । हैदरावादले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०० रन मात्र बनाउन सक्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो । हैदरावादका लागि इशान किशनले ४६ बलमा ७९ रनको योगदान दिए। त्यस्तै, अभिषेक शर्माले मात्र २२ बलमा ५६ रन र हेनरिक क्लासेनले २४ बलमा ५१ रनको विष्फोटक इनिङ खेले।
बेंगलुरुका बलर रशिख सलामले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए भने क्रुनाल पाण्ड्या र सुयश शर्माले १–१ विकेट हात पारे ।
लक्ष्य पछ्याउने क्रममा बेंगलुरुका लागि रजत पाटीदारले ३९ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले। वेंकटेश अय्यरले १९ बलमा ४४ रन र क्रुनाल पाण्ड्याले ३१ बलमा अविजित ४१ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
हैदरावादका बलर इशान मलिङ्गाले २ विकेट लिए भने ट्राभिस हेड र साकिब हुसेनले १–१ विकेट लिए।
यो हारका बावजुद रोयल च्यालेन्जर्स बेंगलुरु १८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा कायमै छ । समान १८ अंक भए पनि नेट रन रेटका आधारमा गुजरात टाइटन्स दोस्रो र सनराइजर्स हैदरावाद तेस्रो स्थानमा रहेका छन् । प्लेअफमा तीन टाेलीकाे टुंगाे लागिसके पनि चाैथाे स्थानका लागि पञ्जाव र राजस्थानबिच प्रतिस्पर्धा रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण