प्रशोधित खाद्य पदार्थमा प्रयोग हुने प्रिजर्भेटिभले मुटु रोग र उच्च रक्तचापको जोखिम बढाउने
सारांश
- प्रशोधित खाद्य पदार्थमा प्रयोग हुने प्रिजर्भेटिभले मुटु रोग र उच्च रक्तचापको जोखिम बढाउन सक्ने एक नयाँ अध्ययनले देखाएको छ ।
- फ्रान्समा गरिएको एक अध्ययन अनुसार 'नन-एन्टिअक्सिडेन्ट' प्रिजर्भेटिभ अत्यधिक सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत र मुटु रोगको जोखिम १६ प्रतिशतसम्म बढी पाइएको छ ।
- अनुसन्धानकर्ताहरूले यी प्रिजर्भेटिभहरूले शरीरमा 'अक्सिडेटिभ स्ट्रेस' उत्पन्न गरी कोषहरूमा नकारात्मक असर पार्ने तथा अग्न्याशयको कार्य प्रणालीलाई प्रभावित गर्ने बताएका छन् ।
काठमाडौँ । हिजोआज चिप्स, सस, रेडी–टु–इट खाना जस्ता प्रशोधित खाद्य पदार्थको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर यस्ता खाद्य पदार्थलाई लामो समयसम्म ताजा राख्न प्रयोग गरिने प्रिजर्भेटिभ स्वास्थ्यका लागि खतरनाक हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
यूरोपियन हर्ट जर्नलमा प्रकाशित अनुसन्धानअनुसार केही खाद्य प्रिजर्भेटिभहरूले उच्च रक्तचाप, हृदयाघात, स्ट्रोक तथा अन्य मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउन सक्छन् ।
फ्रान्समा एक लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनले “नन–एन्टिअक्सिडेन्ट” प्रिजर्भेटिभ अत्यधिक सेवन गर्ने व्यक्तिमा उच्च रक्तचापको जोखिम २९ प्रतिशत बढी देखिएको जनाएको छ । यस्तै, हृदयाघात, स्ट्रोक र एनजाइनाजस्ता मुटु रोगको जोखिम १६ प्रतिशतसम्म बढी पाइएको छ । त्यसैगरी, “एन्टिअक्सिडेन्ट” प्रिजर्भेटिभ धेरै सेवन गर्ने व्यक्तिमा पनि उच्च रक्तचापको जोखिम २२ प्रतिशतसम्म बढेको अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यी प्रिजर्भेटिभहरूले शरीरमा “अक्सिडेटिभ स्ट्रेस” उत्पन्न गर्छन्, जसले शरीरका कोषहरूमा नकारात्मक असर पार्न सक्छ । साथै, यसले अग्न्याशय (प्यान्क्रियाज)को कार्य प्रणालीलाई पनि प्रभावित गर्न सक्ने बताइएको छ । अध्ययनमा उच्च रक्तचापसँग प्रत्यक्ष सम्बन्ध देखिएका आठ प्रकारका प्रिजर्भेटिभहरूको उल्लेख गरिएको छ। तीमध्ये पोटासियम सोर्बेट (ई२०२), पोटासियम मेटाबाइसल्फाइट (ई२२४), सोडियम नाइट्राइट (इ२५०), एस्कॉर्बिक एसिड (ई३००), सोडियम एस्कॉर्बेट (ई३०१), सोडियम एरिथोरबेट (ई३१६), साइट्रिक एसिड (ई३३०) र रोजमेरी एक्स्ट्र्याक्ट (ई३९२) समावेश छन् ।
अनुसन्धान टोलीका वैज्ञानिक डा. टुभियरले अध्ययन अत्यन्त विस्तृत तथ्याङ्कमा आधारित रहेको बताए । उनका अनुसार अन्य सम्भावित जोखिम कारकहरूलाई पनि अध्ययनमा ध्यानमा राखिएको थियो । उनले भने, “प्रयोगात्मक अनुसन्धानहरूले लगातार संकेत गरिरहेका छन् कि यी प्रिजर्भेटिभहरूले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढाउन सक्छन वा अग्न्याशयको काम गर्ने प्रक्रियामा असर पार्न सक्छन् ।” उनका अनुसार अध्ययनको निष्कर्षले खाद्य सुरक्षा नियमन गर्ने निकायहरूले यस्ता एडिटिभको जोखिम र फाइदाको पुनर्मूल्यांकन गर्नुपर्ने आवश्यकता देखाएको छ । अनुसन्धानले सकेसम्म अप्रशोधित वा न्यून प्रशोधित खाद्य पदार्थलाई प्राथमिकता दिन र अनावश्यक खाद्य एडिटिभबाट बच्नुपर्ने सल्लाह पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण