मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ला लिगा

एथलेटिक क्लबमाथि रियल मड्रिडको ४–२ को सानदार जित

आइतबार, १० जेठ २०८३, ०४ : ३४
आइतबार, १० जेठ २०८३

सारांश

  • रियल मड्रिडले स्पेनिस ला लिगामा एथलेटिक क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।
  • रियलका लागि गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजले गोल गरे ।
  • एथलेटिक क्लबका तर्फबाट गोर्का गुरुजेटा र उर्को इजेटाले गोल गरे ।

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजले समान १–१ गोल गरे । एथलेटिक क्लबका तर्फबाट गोर्का गुरुजेटा र उर्को इजेटाले १–१ गोल फर्काए ।

खेलको ११ औँ मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औँ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम मिनेट अर्थात् ४५ औँ मिनेटमा एथलेटिक क्लबका गोर्का गुरुजेटाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा सकियो ।

दोस्रो हाफको सुरुमै, खेलको ५० औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल मड्रिडलाई ३–१ को स्थितिमा पुर्‍याए । खेलको ८७ औँ मिनेटमा ब्राहिम डियाजले टोलीका लागि चौथो गोल थपे ।

खेलको निर्धारित समयको अन्तिम मिनेटमा एथलेटिक क्लबका उर्को इजेटाले एक गोल फर्काए तापनि रियल मड्रिडले ४–२ को सहज जित हासिल गर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप