धादिङमा माइक्रोबस दुर्घटना, ६ जना घाइते
आइतबार, १० जेठ २०८३, १९ : ३२
काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।
ब्रेक नलागेर माइक्रोबस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक(डीएसपी) प्रकाश दाहालले राताेपाटीलाई बताए।
उनका अनुसार सामान्य घाइते भएका ६ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। ब्रेक नलागेपछि माइक्राेबस भित्तामा ठाेकिएकाे थियाे।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनी भर्सेस कुरासाओ
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण