साफ महिला च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै
सारांश
- साफ महिला च्याम्पियनसिप २०२६ भारतको गोवामा सोमबारदेखि सुरु हुँदैछ।
- उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ, जुन नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।
- यस पटकको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ देशले सहभागिता जनाएका छन् र टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
काठमाडौँ । दक्षिण एसियाली फुटबलको ठुलो उत्सव साफ महिला च्याम्पियनसिप २०२६ सोमबारदेखि भारतको गोवामा सुरु हुँदै छ।
गोवाको मडगाउँस्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। प्रतियोगिता नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुने तालिका छ।
यस पटकको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ वटा देशले सहभागिता जनाएका छन्। सहभागी टोलीहरूलाई दुईवटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपालसँगै श्रीलङ्का र भुटान रहेका छन् भने समूह ‘बी’ मा साबिक विजेता बङ्गलादेश, आयोजक भारत र माल्दिभ्स परेका छन्।

समूह चरणमा सिङ्गल राउन्ड रोबिनका आधारमा खेलहरू हुनेछन्, जसमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन्। समूह चरणको समाप्तिपछि दुवै समूहका शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपालले आफ्नो दोस्रो खेल आगामी मे ३१ मा श्रीलङ्काविरुद्ध खेल्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल जुन ६ मा हुने तय भएको छ।
फिफा वरीयताका आधारमा आयोजक भारत यस प्रतियोगिताको सबैभन्दा बलियो टोली हो, जुन हाल फिफा वरीयताको ६९औँ स्थानमा छ। इतिहासलाई हेर्दा भारतले सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा गरी पाँच पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
तर, पछिल्ला दुई संस्करणमा भने बङ्गलादेशले आफ्नो उच्च प्रदर्शन कायम राख्दै सन् २०२२ र २०२४ को उपाधि आफ्नो पोल्टामा पारेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण