बागमती प्रदेशको बजेट जनमुखी र उत्पादनमुखी हुनुपर्छ – नेता थपलिया
हेटौँडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारलाई गफ र घोषणामा मात्र नभई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।
सोमबारबाट सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनमा नेता थपलियाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले प्रदेशको समग्र विकास र सुशासनलाई केन्द्रमा राख्नुपर्ने बताए ।
उनका अनुसार आगामी बजेट जनमुखी, उत्पादनमुखी, रोजगारमुखी र परिणाममुखी हुनुपर्नेछ । जनताले अब घोषणा मात्र नभइ प्रत्यक्ष अनुभूति हुने विकास खोजिरहेको उनले बताए । प्रदेशस्तरमा एउटा ठुलो प्रांगारिक मल कारखाना खोल्नु पर्ने उनले बताए । एक पालिका, एक कृषि उत्पादन विशेष क्षेत्र कार्यक्रममा युवालाई कृषिमा आकर्षित गर्न युथ एग्रि–बिजनेस स्टार्टअप फण्डको स्थापनामा अग्रसर हुनुपर्ने उनले बताए ।
कृषि उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरणलाई एउटै शृंखलामा जोड्ने व्यवस्था सरकारले गर्नुपर्ने उनले बताए । युवाहरूको विदेश पलायन रोक्न प्रत्येक निर्वाचन क्षेत्रमा एक सीप विकास केन्द्र सञ्चालन गर्नुपर्ने उनको भनाई छ । पर्यटन विकासका लागि भिजिट बागमती प्रोभिन्स अभियान चलाउन र होमस्टे तथा धार्मिक पर्यटनलाई स्थानीय हस्तकला र संस्कृतिसँग जोड्नुपर्ने उनले बताए । आईटी डिजिटल सर्भिस र ग्रिन जब्समार्फत नयाँ रोजगारी सिर्जना गर्न सकिने उनको तर्क छ ।
नेता थपलियाले हालै सुकुमबासी आत्महत्या घटनाप्रति दुःख व्यक्त गर्दै संघीय सरकारको कडा आलोचना गरे ।
संघीय सरकारले आम नागरिक तथा गरिबीहरूको दुःख पिडा बुझ्न नसकेको उनले बताए । वर्तमान सरकार गरिब र सुकुमबासीप्रति कति क्रूर र असंवेदनशील रहेको उजागर भइरहेको उनले बताए । उनले सुकुमबासीहरूको शीघ्र बसोबास र उचित व्यवस्थापनका लागि सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण