बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले सम्बोधन गर्नैपर्ने ठाउँमा आवश्यकताअनुसार सम्बोधन गर्नुहुन्छ : सरकारका प्रवक्ता

सोमबार, ११ जेठ २०८३, १७ : ११
सोमबार, ११ जेठ २०८३

सारांश

  • सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यकताका आधारमा सम्बोधन गर्ने बताएका छन् ।
  • गणतन्त्र दिवसको सन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने प्रश्नमा प्रवक्ता पोखरेलले आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने ठाउँमा सम्बोधन गर्नुहुन्छ भनी जवाफ दिएका हुन् ।
  • उनले सरकार बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा व्यस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उचित समय र स्थानमा आफ्ना कुराहरू राख्ने स्पष्ट पारे ।

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहले आवश्यकताका आधारमा सम्बोधन गर्ने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूमाझ उपस्थित भएका उनलाई सञ्चारकर्मीले सोधेको ’गणतन्त्र दिवसको सन्दर्भमा प्रधानमन्त्रीले किन सम्बोधन नगर्ने हुनुभएको’ भन्ने प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

प्रवक्ता पोखरेलले भने, ‘त्यसको बारेमा त मन्त्रिपरिषद्मा आज छलफल भएको छैन। तर आवश्यकताअनुसार सम्बोधन गर्नैपर्ने ठाउँमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुन्छ ।’

उनले सरकार अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण र सरकारको पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा निकै व्यस्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उचित समय र स्थानमा आफ्ना कुराहरू राख्ने स्पष्ट पारे । 

आजै रातोपाटीले प्रधानमन्त्री शाहले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा हुने विशेष समारोहलाई सम्बोधन नगर्ने विषय बाहिर ल्याएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र लेखेर राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न सिफारिस गरेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार त्यो पत्रमा ‘संविधानको धारा ६६ को उपधारा २ बमोजिम जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरिदिनुहुन सिफारिस गरिन्छ,’ भन्ने वाक्यांश लेखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप