प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा, तस्बिरहरू
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन्।
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र सहकार्यका विषयमा छलफल भएको छ।
- कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरू अगाडि बढाउने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली सङ्घ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्दैछन्।
तय भएको कार्यक्रम अनुसार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू सामूहिक भेट र संवादका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्।
_ziAGNej54h.jpg)
प्रधानमन्त्री शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।
_Z0Ui43JqSZ.jpg)
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरूलाई अगाडि बढाउने उद्देश्यका साथ प्रधानमन्त्री कार्यालयले यो संवादको आयोजना गरेको हो।
_6FRrIVSeNO.jpg)
_zhqelU57fZ.jpg)
_y0ypZnzsKp.jpg)
_yo4nIH79bv.jpg)
_9EGhAGjZl8.jpg)
_rmdcwk8PUG.jpg)
_McGVMVW1J3.jpg)
_iadV7WMy5p.jpg)
_m7lzcX0SbE.jpg)
_cLAECt8WQe.jpg)
_En2xsgZ8tm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण