बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

फेरारीले ल्यायो आफ्नो पहिलो विद्युतीय कार

मङ्गलबार, १२ जेठ २०८३, १३ : ३९
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • लक्जरी स्पोट्र्स कार निर्माता फेरारीले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार 'फेरारी लुस' सार्वजनिक गरेको छ ।
  • यो कार चार ढोका, पाँच सिट क्षमताको र यसको मूल्य करिब ५ लाख ५० हजार युरो तोकिएको छ ।
  • फेरारी लुसमा चारवटा इलेक्ट्रिक मोटर छन्, जसको अधिकतम गति ३१० किलोमिटर प्रति घण्टाभन्दा बढी हुने दाबी गरिएको छ ।

रोम ।  लक्जरी स्पोट्र्स कार निर्माता फेरारीले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । यस कदमलाई कम्पनीले भविष्यको बजारतर्फको ठुलो परिवर्तनका रूपमा प्रस्तुत गरेको छ । 

पछिल्लो समय विश्वभर परम्परागत इन्धनबाट चल्ने सवारी साधन बनाउने कम्पनीहरूमाझ विद्युतीय कार बनाउने होडबाजी चलिरहेको बेलामा कम्पनीले ईभी उत्पादनमा हात हालेको हो ।

नयाँ मोडलको नाम ‘फेरारी लुस’ राखिएको छ, जसको अर्थ इटालियन भाषामा ‘उज्यालो’ हुन्छ । यो कारलाई पाँच वर्ष लगाएर बनाइएको हो । यसको डिजाइनमा पूर्व एप्पल डिजाइन प्रमुख जोनी आइभ र उनको डिजाइन समूह लभफ्रमको पनि सहयोग रहेको बताइएको छ । 

कम्पनीका अनुसार फेरारी लुस चार ढोका भएको र पाँच सिट क्षमताको पहिलो फेरारी हो । यसको मूल्य करिब ५ लाख ५० हजार युरो (करिब ६ लाख ४० हजार अमेरिकी डलर) तोकिएको छ । २०२६ को अन्तिम त्रैमासिकदेखि डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ ।

फेरारीका प्रमुख कार्यकारी अधिकृत बेनेडेटो भिग्नाले रोममा आयोजित कार्यक्रममा यो परियोजना पाँच वर्षको मेहनतको परिणाम भएको बताएका छन् । 

कारमा चारवटा इलेक्ट्रिक मोटर छन्, प्रत्येक चक्कामा एउटा मोटर छ । यसको अधिकतम गति ३१० किलोमिटर प्रति घण्टाभन्दा बढी हुने दाबी गरिएको छ। साथै यो गाडी एकपटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी चल्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप