अपडेट
प्रतिनिधि सभा बैठकमा विपक्षीद्वारा अवरोध
मङ्गलबार, १२ जेठ २०८३, १४ : २१
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, लगायतका विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् ।
- उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
- प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै अवरोध गरिएको हो ।
काठमाडौँ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारको सदनमा अवरोध गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।
नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण