दक्षिण कोरियाको फ्लाइ ओभरमा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
मङ्गलबार, १२ जेठ २०८३, १५ : १४
दक्षिण कोरिया । दक्षिण कोरियाको “फ्लाइ ओभर” मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।
“फ्लाइ ओभर” को माथिल्लो भागको मर्मत गर्ने क्रममा भएको दुर्घटनामा दुई जना मानिसहरूको भग्नावशेष मुनि पुरिएर मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मध्ये, गाडी मुनि फसेर बाहिर निकालिएका एक जना व्यक्तिलाई हृदयघातको अवस्थामा अस्पताल लगिएको र पछि मृत्यु भएको पुष्टि भएको छ ।
बाँकी तीनजना पुरुषहरूको ढाड र टाउकोमा चोट लागेको जनाइएको छ ।
दुर्घटनाको समयमा घटनास्थलमा रहेका १२ जना मध्ये अन्य ६ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ ।
“फ्लाइ ओभर” को निर्माणर्थ जारी अपरेसनको क्रममा दुर्घटना भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण