सेयर बजार
सेयर बजार ९.२४ अङ्कले घट्यो, ४ अर्ब ८५ करोडको कारोबार
मङ्गलबार, १२ जेठ २०८३, १५ : ३६
सारांश
- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२४ अङ्कले घटेर २७७७.१० विन्दुमा पुगेको छ ।
- सेयर कारोबार रकम पनि घटेर ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।
- आज ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ ।
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो ।
बजारसँगै बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मङ्गलवार घटेर कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।
आज ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।
बजारमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ। सुपर खुदी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ ।
आज आँखु खोला जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै ४६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, रिडी पावरको १६ करोड ५९ लाख र साहस ऊर्जाको १४ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण